जम्मू कश्मीर विधानसभा चुनावको अन्तिम चरणको मतदान जारी

एजेन्सी । भारतको जम्मू कश्मीर विधानसभा चुनावको तेस्रो र अन्तिम चरणको मतदान मंगलबार बिहान ७ बजे बाट सुरु भएको छ । 

९० सिट भएको विधानसभाको ४० सिटमा मतदान भइरहेको छ । जस मध्ये २४ सिट जम्मू क्षेत्रमा छन् भने बाँकी १६ सिट कश्मीरमा छन् । यो मतदान जम्मू क्षेत्रको जम्मू, साम्बा, कठुआ र उधमपुर जिल्लामा भइरहेको छ भने कश्मीर उपत्यकाको बारामुल्ला र कुपवाडा जिल्लामा मतदान भइरहेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार पहिलो चरणको मतदान सेप्टेम्बर १८ मा भएको थियो जसमा २४ सिटमा मतदान भएको थियो । यस अवधिमा ६१ दशमलव १३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । 

जहाँ सेप्टेम्बर २५ मा भएको दोस्रो चरणको मतदानमा ५६ प्रतिशत मतदान भएको थियो ।

प्रतिक्रिया