परराष्ट्र मन्त्री राणा र एमसिसीका प्रमुख कार्यकारी बीच भेटवार्ता

अमेरिका । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइट बीच सोमबार भेटवार्ता भएको छ ।

अमेरिका स्थित नेपाली राजदूतावासमा भएको सो भेटघाटका क्रममा सन् २०१७ मा नेपालले हस्ताक्षर गरेको एमसिसी परियोजनाको कार्यान्वयन र यस अन्तर्गतका परियोजनाहरू समयमा नै सम्पन्न गर्ने विषयमा छलफल भएको डिसी स्थित नेपाली राजदूतवासले जनाएको छ ।

एमसिसी कम्प्याक्ट अन्तर्गत नेपालको विद्युतीय प्रसारण लाइन निर्माण र सडकको स्तरोन्नति सम्बन्धी परियोजना कार्यान्वयनमा गएका छन् । उक्त कम्प्याक्टमा एमसिसीले नेपाललाई ५० करोड डलर अनुदान सहयोग उपलब्ध गराएको थियो ।

संयुक्त राष्ट्रसङ्घको ७९औं महासभामा भाग लिन अमेरिका आएकी परराष्ट्र मन्त्री राणा यहाँ बाट कतारको दोहा प्रस्थान गर्नु अघि सो भेटघाट भएको हो ।
रासस 

प्रतिक्रिया