अवरुद्ध  दाउन्ने सडक एकतर्फी सञ्चालन

काठमाडौं । पश्चिम नवलपरासीको जङ्गलमा बाटो भासिएर अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने सडक  एकतर्फी सञ्चालनमा आएको छ । 

अविरल वर्षाका कारण बर्दघाट नगरपालिका–४ खुर्सानी खोला स्थित दाउन्ने जङ्गलमा पूर्व–पश्चिम राजमार्ग भासिएको थियो । 

सडक भासिएर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भए पछि सवारी साधन प्रवेशमा रोक लगाइएको सडक मर्मत पछि एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले  जनाएको छ । प्रहीका अनुसार सडक अनुमानित डेढ फिट भासिएको थियो । 

सडक एकतफी सञ्चालनमा आए पछि मोटरसाइकल र साना गाडी गुड्न तालेका छन् । सोमबार साँझ ५ बजे तिर सडक भसिएर आवागमन अवरुद्ध बनेको भन्दै यात्रुहरू अलपत्र परे पछि सोमबार राति साढे ११ बजे देखि मर्मत सुरू गरिएको थियो । 

प्रतिक्रिया