अमेरिकामा हेलेन आँधीका कारण १ सय २८ जनाको मृत्यु

एजेन्सी । अमेरिकामा हेलेन आँधीका कारण १ सय २८ जनाको मृत्यु भएको छ  । मृत्यु हुनेको सङ्ख्या अझ बढ्दै जान सक्ने अनुमान गरिएको छ।

नर्थ क्यारोलिनामा ५८ जना, साउथ क्यारोलिनामा ३० जना, जर्जियामा २५ जना, फ्लोरिडामा ११ जना, टिनेजमा ४ जना तथा भर्जिनियामा २ जनाको मृत्यु भएको बताइएको छ । 

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार बाढीले पछिल्लो समय नर्थ क्यारोलिनामा असर गरेको हो। नर्थ क्यारोलिनामा संरचना भत्किएका छन्। अस्पतालको अवस्था समेत सहज छैन। नर्थ क्यारोलिनाको पश्चिमी भागमा अझ बढी क्षति भएको बताएको छ । 

पेन्टागनका अनुसार पूर्वी तटीय क्षेत्रमा रहेका हजारौं सुरक्षाकर्मीलाई नयाँ स्थानमा जानका लागि भनिएको छ। फ्लोरिडामा मात्र ३५ सय सुरक्षाकर्मी र ११ वटा हेलिकप्टर तैनाथ गरिएको थियो। जर्जियामा उद्धारका लागि आठ सय जना खटाइएको थियो भने साउथ क्यारोलिनामा ६ सय जना खटाइएको समाचारमा उल्लेख गरिएको छ । 

हेलेनको यो वितण्डा पछि पश्चिम क्यारेबियन तथा ‘गल्फ अफ मेक्सिको’ बाट नयाँ आँधीको सम्भावना समेत देखिएको अनुमान समेत गरिएको छ।

प्रतिक्रिया