कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक मंगलबार बस्दै छ।

बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने कांग्रेस संसदीय दलले जनाएको छ । 

कांग्रेस संसदीय दलले सोमबार एक विज्ञप्ति जारी गरी कांग्रेस संसदीय दलको कार्यसमिति र संसदीय दलको बैठक बस्न लागेको जनाएको हो।

पार्टीको संसदीय दलको कार्यसमितिको बैठक दिउँसो १ बजे र संसदीय दलको बैठक दिउँसो २ बजे बस्ने बताइएको छ । 


 

प्रतिक्रिया