एमालेको सचिवालय बैठक आज बस्दै
काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक मंगलबार बस्दैछ ।
बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकमा अत्यधिक वर्षाका कारण ठूलो जनधनको क्षति भएकाले यसैलाई एजेन्डा बनाइएको बताइएको छ ।
अध्यक्ष एवं प्रधानमन्त्री के.पी. शर्मा ओली स्वदेश फर्किए लगत्तै सचिवालय बैठक बोलाइएको हो ।
प्रतिक्रिया