कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

कैलाली । मोटरसाइकल दुर्घटना हुँदा कैलालीमा दुई जनाको मृत्यु भएको छ । 

सोमबार राति पूर्वपश्चिम राजमार्ग अन्तर्गत गौरीगङ्गा नगरपालिका–१ गोप्कामा पश्चिम बाट पूर्वतर्फ गइरहेको से६प ६२७९ र विपरीत दिशा बाट आइरहेको बा९५प ९२५२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहोराले उक्त दुर्घटनामा जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्युु भएको बताए । 

दुर्घटनामा गम्भीर घाइते भएका चौधरी र मल्ललाई उपचारका  लागि राति नै धनगढीको नवजीवन अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको  प्रहरीले जनाएको छ । 

यस्तै, बा९५प ९२५२ नम्बरको मोटरसाइकल पछाडि सवार शुक्लाफाँटा नगरपालिका–७ का २२ वर्षीया दीपक बोहोरा घाइते भएका छन् । बोहोराको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
रासस

प्रतिक्रिया