मन्त्रिपरिषद्को निर्णय: मृत्यु भएकाको सम्झनामा राष्ट्रिय शोक घोषणा

काठमाडौं । सरकारले विपदबाट मृत्यु भएकाको सम्झनामा राष्ट्रिय शोक घोषणा गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बाढी, पहिरो तथा डुवानमा परेर मृत्यु भएकाको सम्झनामा राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन् ।

सरकारले शोक घोषणा गर्दै आगामी ३ दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो । सरकारले बाढी पहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले कार्यविधि अनुसार उक्त राहत रकम दिने निर्णय गरेको हो ।  

बैठकले राहतकोषमा एक अर्ब रकम अर्थ मन्त्रालयबाट उपलब्ध गराउने निर्णय पनि गरेको छ । प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब राहत कोषमा जम्मा गर्ने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ । सरकारले भोलि पत्रकार सम्मेलन गरेर राहतको अन्य प्योकज घोषणा गर्ने भएको छ । बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो अमेरिका भ्रमणबारे जानकारी गराउँदै भ्रमण सफल र फलदायी भएको जानकारी गराएका थिए ।

प्रतिक्रिया