आठ जिल्लामा राहत उपलब्ध गराउन गृहले गर्‍यो कार्यदल गठन

काठमाडौं । गृह मन्त्रालयले भारी वर्षाका कारण प्रभावित ८ जिल्लामा राहत उपलब्ध गराउन, थप समन्वय र सहजीकरण गर्न कार्यदल गठन गरेको छ।असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाका कारण प्रभावित काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ गरी ८ जिल्लाका लागि ८ जना सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

असोज १० देखि १२ गतेसम्म परेको भारी वर्षाका कारण प्रभावित काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ गरी ८ जिल्लाका लागि ८ जना सहसचिवको संयोजकत्वमा कार्यदल गठन गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले प्रेस विज्ञप्तिमार्फत् जानकारी दिएका छन्। काठमाडौंमा गोविन्दप्रसाद रिजाल, ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायण प्रसाद अर्याल, काभ्रेमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी, मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्यामकृष्ण थापा र धादिङमा रमेश ढकाललाई कार्यदलको संयोजक बनाइएको विज्ञप्तिमा उल्लेख छ।

कार्यदलले पुस २० गतेसम्म गृह मन्त्रालयमा प्रतिवेदन पेश गर्नुपर्ने बताइएको छ।  क्षतिग्रस्त सडकहरूको शिघ्र मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन सडक निर्माण गर्ने सम्बन्धित निकायसँग आवश्यक समन्वय र विपद् पीडित नागरिकको सुरक्षित बसोबास तथा राहत उपलब्ध गराउन सम्बन्धित स्थानीय तहसँग समन्वयन गर्ने बताइएको छ।
 

प्रतिक्रिया