अमेरिका भ्रमणको उपलब्धिबारे प्रधानमन्त्रीको जवाफ: भैँसी लिन गएर दूध लिएर आए जस्तो होइन
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको महासभा भैँसी लिन गएर दूध ल्याए जस्तो नभएको टिप्पणी गरेका छन् । सोमबार अमेरिका भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रसंघको भ्रमणले के अर्थ राख्छ भन्ने प्रश्नको जवाफका क्रममा उनले त्यस्तो टिप्पणी गरेका हुन् ।
ओलीले भने-“कुनै भैँसी लिन गएर दूध लिएर आएँ भने जस्तो होइन । हाम्रा समस्या, विचारहरू त्यहाँ राख्न गएको हो, राखियो,”
ओलीले यस्ता भ्रमणहरुको अल्पकालीन नभई दीर्घकालीन महत्त्व हुने बताए।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको आफ्नो संवाद पनि दुई देशको हितलाई प्रगाढ बनाउने दिशामा भएकाे प्रधानमन्त्री ओलीले बताए।
प्रतिक्रिया