विपद्‌को पूर्वतयारीबारे प्रधानमन्त्रीको प्रतिप्रश्न: कहाँ-कहाँ पहिरो जान्छ भनेर भनिएको थियो र ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान विपद्‌बारे गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका छन् । ११ दिनपछि सोमबार अपराह्न स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई पत्रकारहरूले नेपालको तीनदिने विपद्‌को पूर्वतयारीबारे प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले यस्तो गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका हुन् ।“रेड एलर्ट जारी गरिएको थियो,”प्रधानमन्त्री ओलीले भने, “तर, कहाँ-कहाँ पहिरो जान्छ भनेर भनिएको थियो र ? त्यो त भनिएको थिएन । त्यो त गएपछि थाहा हुने कुरा भो ।”

उनले थपे, “काठमाडौंमा यति डुबान हुन्छ भन्ने त कल्पना पनि थिएन, एलर्ट त थियो, यस्ता कुराहरूलाई हामीले वस्तुपरक ढङ्गले हेर्नुपर्छ ।”

प्रतिक्रिया