प्रधानमन्त्री नेपाल अवतरण गर्दैगर्दा अन्य उडानहरु भद्रगोल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका भ्रमण सकेर सोमवार अपरान्ह नेपाल फर्किएका छन् । प्रधानमन्त्री ओली त्रिभुवन विमानस्थलमा अवतरणका गर्ते बेला आधा घण्टा नियमित उडान पूर्णरूपमा प्रभावित भएको छ ।

विमानस्थलमा  ३ः५५ बाट आघा घण्टाका लागि ‘भीभीआईपी मुभमेन्ट’ भन्दै ‘नोटिस फर एयर मेन’ ९नोटाम० जारी भएको थियो ।नोटाम जारी भएको समयमा आन्तरिक विमानस्थलमा रहेका जहाज र अन्तर्राष्ट्रिय जहाजलाई यहाँबाट उड्न दिइएको थिएन अवतरण गर्न आइरहेका जहाजलाई भने ‘होल्ड’ गराइएको थियो ।
बिहानैबाट उडान व्यवस्थापनमा चाप  भैरहेको त्रिभुवन विमानस्थलमा  प्रधानमन्त्रीको अवतरणले उडान व्यवस्थापन अझ भद्रगोल बनेको हो । उडान प्रभावित हुँदा विमानस्थलमा यात्रुहरुको चाप बढेको थियो । 
प्रधानमन्त्री अवतरण भएर विमानस्थलवाट निस्किएपछि उडान सामान्य भएको छ ।

प्रतिक्रिया