दुर्गा प्रसाईंविरुद्ध अदालतमा मुद्दा दायर, ५ वर्ष कैद माग

काठमाडौं। साइबर क्राइम मुद्दामा आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध मुद्दा दायर भएको छ।प्रहरीको साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो ।

विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार चरित्र हत्या गरेको आरोपमा उनीविरुद्ध मागदाबी लिइएको छ। प्रसाईंविरुद्ध ५ वर्षसम्म कैद सजाय माग गरिएको छ।

प्रसाईंको मंगलबार अदालतमा बयानपछि थुनछेक बहस सुरु हुनेछ। उनीअसोज ६ मा भक्तपुरस्थित घरबाट पक्राउ परेका थिए। प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिएको जीवन पाण्डे र प्रकाशचन्द्र दाहाल भने फरार छन्।

आफूविरुद्ध नाम नै किटेर चरित्रहत्या गरेपछि टिका सङ्ग्रौलाले ब्युरोमा जाहेरी दिएकी थिईन्।

प्रतिक्रिया