जापानमा अक्टोबर २७ मा मध्यावधि निर्वाचन

एजेन्सी । जापानमा अक्टोबर २७ मा मध्यावधि निर्वाचन हुने भएको छ । 

जापानको सत्तारुढ दलको नयाँ नेतामा निर्वाचित भएको तीन दिनपछि नै भावी प्रधानमन्त्री शिगेरु इशिबाले अक्टोबर २७ मा मध्यावधि निर्वाचनको घोषणा गरेका छन् ।

निवर्तमान प्रधानमन्त्री फुमियो किशिदालाई हटाएर लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) को प्रमुखमा नियुक्त भएका ६७ वर्षीय इशिबाले अन्य आठ उम्मेदवारको तुलनामा बढी मत प्राप्त गरेका छन् ।

एलडिपीसँग संसदीय बहुमत रहेकाले इशिबालाई मंगलबार संसदले प्रधानमन्त्रीका रुपमा अनुमोदन गर्नेछ ।’नयाँ प्रशासनका लागि जतिसक्दो चाँडो जनताले न्याय गर्नु महत्वपूर्ण छ,’ इशिबाले सोमबार टोकियोमा आयोजित पत्रकार सम्मेलनमा भने।निर्वाचन हुन एक वर्षभन्दा बढी समय बाँकी रहँदा संसद्को तल्लो सदनमा कुन दलको नियन्त्रण छ भन्ने निर्णय हुनेछ ।

इशिबाले आगामी आम चुनावमा दुई प्रभावशाली पूर्व प्रधानमन्त्री तारो आसोलाई सल्लाहकार र योशिहिदे सुगालाई उपराष्ट्रपतिको रूपमा अघि सारेका छन् । 
 

प्रतिक्रिया