सुन तस्करीमा संलग्न जोसुकैलाई कारबाही गर्ने उपप्रधानमन्त्री श्रेष्ठको प्रतिवद्धता
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र संगठित अपराध सरकारलाई स्वीकार्य नहुने जनाएका छन् । सुन तस्करी प्रकरणपछि आज त्रिभुवन विमानस्थल भन्सार कार्यालयको अनुगमनपछि पत्रकारहरुसँग कुरा गर्दै उनले वर्तमान सरकार सुशासन स्थापनाको काममा दृढतापूर्वक अगाडि बढिरहेको दाबी गरेका हुन । अपराध, भ्रष्टाचार र विमानस्थलमा तस्कारी जस्ता घटनाहरुमा कुनैपनि सम्झौता नहुने भन्दै गृहमन्त्री श्रेष्ठले जोसुकै भए पनि कारबाहीको दायरामा आउने बताए ।
मन्त्री श्रेष्ठले एक क्विन्टल सुन तस्करीको विषयमा छानबिन समिति बनाइसकेको र त्यसले छानबिनको प्रक्रियालाई अगाडि बढाइसकेको पनि जानकारी दिए । अहिले राजस्व अनुसन्धान विभागले बनाएको समितिले नै छानबिन गर्ने र आवश्यक परे अन्य निकायहरुलाई पनि समन्वय गरी अघि बढ्न आफूले निर्देशन दिइसकेको उनले बताए । गृहमन्त्री श्रेष्ठले अपराधमा संलग्नलाई कारबाही गरेरै छाड्ने प्रतिबद्धता समेत जनाए । उनले भविष्यमा यस्ता घटना हुन नदिन योजनासमेत बनाएर अगाडी बढ्रने बताए ।
प्रतिक्रिया