इजरायली आक्रमणमा इरानको रिभोलुसनरी गार्ड्स कोर्प्सका अब्बासको मृत्यु

काठमाडौं । इजरायलले लेवनानमा गरेको हिजबुल्लाह लक्षित आक्रमणमा इरानको रिभोलुसनरी गार्ड्स कोर्प्सका एक वरिष्ठ जनरल अब्बास निलफोरौसनको पनि मृत्यु भएको छ । 

इरानका सरकारी संचारमाध्यमले लेवनानमा इजरायलले गरेको आक्रमणमा अब्बासको मृत्यु भएको जनाएका हुन् । इजरायली आक्रमणमा लेवनानमा हिजबुल्लाह नेता हसन नसरल्लाह मारिएको अर्काे दिन अब्बास पनि मारिएका बताइएको छ । नसरल्लाहको गत शुक्रबार इजरायली आक्रमणमा मृत्यु भएको थियो ।

नसरल्लाहसँगै अन्य २० जना हिजबुल्लाहका  इजरायलको दाबी छ । उसले थप आतंकावादीहरुको मृत्यु भएको भनेको छ । इजरायलले लेवनानमा हिजबुल्लाह लक्षित  आक्रमण गरिरहँदा इरानका नेता आयातुल्लाह अली खामेनीलाई पनि सुरक्षित स्थानमा सारिएको बताइएको छ । हिजबुल्लाहलाई इरानले सहयोग गर्ने गरेको छ । पछिल्लो इजरायली आक्रमणमा १ हजार नागरिकको मृत्यु भएको लेवनानले जनाएको छ । इजरायलले यमनमा अर्को इरान समर्थित समूह, हुथीलाई पनि निशाना बनाएको छ ।

गत वर्ष अक्टोबर ७ मा प्यालेष्टिनी लडाकू समूह हमासले एक्कासी इजरायलका आक्रमण गरेर १२ सय जना इजरायली नागरिकको हत्या गरेको थियो भने २५०जनालाई अपहरण गरेको थियो । त्यसपछि  इजरायल र हमासका लडाकूबीच युद्ध जारी छ । हमासलाई लेवनानमा रहेको अर्काे मुस्लिम लडाकू समूह हिजबुल्लाहले पनि सहयोग गरिरहेको हो । हिजबुल्लाहलाई इरानले हातहतियार सहयोग गर्ने गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । त्यस कारण इजरायलले हिजबुल्लाह केन्द्रित आक्रमण गरेको हो ।

इजरायली आक्रमणमा ४० हजार भन्दा बढी  प्यालेष्टिनी नागरिकको मृत्यु भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिजबुल्लाहले पनि इजरायलमाथि रकेट आक्रमण गर्ने गरेको छ । 
 

प्रतिक्रिया