धादिङका प्रमुख एसपी केसीलाइ  हेडक्वाटर तानियो

काठमाडौ । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम केसीलाइ  हेडक्वाटर तानेको छ। प्रहरी प्रधान कार्यालयले सोमबार उनलाई तानेर दीपेन्द्र शाहीलाई प्रमुख बनाएर पठाएको छ । बाढी पहिरोको विपत्तिको जोखिमको बेला काम सन्तोजनक नभएको भन्दै प्रहरी हेडक्वाटरले धादिङका प्रहरी प्रमुख हेरफेर गरेको हो ।

यसअघि गृहले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीको पनि सरूवा गरेको हो।धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको सरूवा गरिएको थियो । उनीहरूलाई गृह मन्त्रालयमै काम गर्ने गरी सरूवा गरिएको हो । 

गृहले उनीहरूको ठाउँमा धादिङमा सुमन घिमिरे र काभ्रेमा उमेश ढकाललाई पठाएको छ। 

मौसम र विपदको पूर्वानुमान हुँदाहुँदै पनि घटना न्यूनिकरण नभएपछि उनीहरूको सरूवा भएको हो। धादिङको झ्याप्‍ले खोलामा पहिरोमा पुरिँदा ३५ जनाको मृत्यु भएको छ।

त्यस्तै काभ्रेमा मात्रै विभिन्न ठाउँमा पहिरो जाँदा ५४ जनाको मृत्यु भएको   छ। 

प्रतिक्रिया