धादिङ र काभ्रेका प्र.जि.अ. मन्त्रालय तानिए

काठमाडौं ।  विपद् व्यवस्थापनमा वेवास्ता गरेको भन्दै सरकारले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्रालयमा तानेको छ । 

गृहमन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे र काभ्रेका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईंलाई मन्त्रालय तानेको हो । पाण्डेको सट्टामा धादिङमा सहसचिव सुमन घिमिरे र काभ्रेमा सेढाईंको सट्टामा अर्का सहसचिव उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको छ ।

मौसम पूर्वानुमान महाशाखाले मौसमबारे पूर्व जानकारी दिदा दिदै पृथ्वी राजमार्गको धादिङमा सवारी साधन चल्न रोक लगाइएको थिएन । अबिरल वर्षामा गाडी चल्दा धादिङको  झ्याप्लेखोलामा ३ वटा सवारी साधन  पुरिएका थिए । जसमा ३५ जनाको मृत्यु भएको थियो ।  

त्यस्तै काभ्रेमा पनि वर्षा र बाढी पहिरोका बीच बी.पी.राजमार्गमा सवारी साधन चल्न दिइएको थियो । बाढी पहिरोका कारण काभ्रेका बिभिन्न गाउँपालिकाका स्थानीय प्रभावित भएका छन भने ६६ जनाको मृत्यु भएको छ । यस्तो बिपदका बेला पनि दुबै जना प्रमुख जिल्ला अधिकारीले कुशलता पूर्वक  आफ्नो भूमिका निर्वाह नगरेको र विपद् व्यवस्थापनमा तत्परता नदेखाएको गुनासो आएपछि उनीहरुलाई मन्त्रालय तानिएको गृह श्रोतले जानकारी दिएको छ । 
 

प्रतिक्रिया