सुनको मूल्य तोलामा एक सयले घट्यो

काठमाडौं । स्थानीय बजारमा  सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला र एक लाख ६० हजार छ सय रुपैयाँकमा कारोबार भएकामा सोमबारका  लागि भने  एक लाख ६० हजार पाँच सय रुपैयाँमा निर्धारण भएको छ । 

यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ । आइतबार प्रतितोला  एक हजार नौ सय ४५ रुपैयाँमा कारोबार भएकामा सोमबारका लागि  एक हजार नौ सय ४० रुपैयाँमा कारोबार हुने गरी निर्धारण भएको छ ।


 

प्रतिक्रिया