ललितपुरमा केयुकेएलको खानेपानी अवरुद्ध

ललितपुर ।  वर्षाजन्य विपद्का कारण ललितपुरमा काठमाडौ‌ं उपत्यका खानेपानी आयोजना (केयुकेएल) को खानेपानी अवरुद्ध भएको छ ।

हालैको अविरल वर्षाका कारण फर्पिङ हेण्ड पोष्टदेखि फर्पिङ पम्प हाउससम्म आउने पेनस्टक पाइप र ललितपुरको नल्लुबाट चापागाउँ पानीपोखरीसम्म आउने पाइप लाइनमा क्षति पुग्न गएकाले खानेपानी सेवा अवरुद्ध भएको केयुकेएल ललितपुर शाखा प्रमुख लीला भट्टले जानकारी गराए । 

पहिरोले सडकको क्षति भएको हुँदा मुहानसम्म पुगेर स्थलगत निरीक्षण गर्न समस्या भइरहेको उनले बताए  । यसबाट करिब ७० प्रतिशत घरमा खानेपानी सेवा प्रभावित हुने उन जानकारी दिए । स्थलगत निरीक्षणबाट विपदमा  भएको क्षतिको मूल्याङ्कन भएपछि सेवा पुनःस्थापित गर्नका लागि १० दिन जति लाग्ने उनले जानकारी दिए । 

प्रतिक्रिया