११ ब्राण्डका पानीमा दिशामा पाइने सूक्ष्मजीव भेटिएपछि विक्री वितरणमा रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न ११ ब्राण्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि हरेकको विक्री वितरणमा रोक लगाएको छ ।

भदौ १२ गतेदेखि २८ गतेबीच विभिन्न स्थानबाट २० वटा पानीको नमूना लिइएको थियो। यसबाहेक उपभोक्ताले गुनासो गरेपछि एउटाको नमूना संकलन गरेर काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो। 

यसरी पठाइएका २१ वटा नमूनामध्ये ११ वटामा फेकल कोलिफर्म देखिएको काठमाडौं महानगरपालिकाले जनाएको छ। कोलिफर्म भेटिएपछि काठमाडौं महानगरपालिकाले ती ११ ब्राण्डका पानी बिक्री वितरणमा रोक लगाएको छ। 

यस्तै, कोलिफर्म भेटिएको पानीको नमुना सरकारी निकायका प्रयोगशालाबाट प्राविधिक परीक्षण गरेर प्रतिवेदन बुझाउन भनिएको छ । यसरी बुझाइएको प्रतिवेदनमा फिकल कोलिफर्म शून्य देखिएपछि बिक्री वितरण गर्न सकिने पत्रमा उल्लेख छ ।

प्रतिक्रिया