आधुनिकीकरण मार्फत चीनलाई शक्तिशाली राष्ट्र बनाउन चिनियाँ राष्ट्रपति सी जिनफिङकाे आह्वान

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनफिङले आधुनिकीकरण मार्फत शक्तिशाली राष्ट्र निर्माण गर्न आह्वान गरेका छन् ।

चीनको राष्ट्रिय पदक तथा राष्ट्रिय सम्मान वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चिनियाँ शैलीको आधुनिकीकरणमार्फत शक्तिशाली देशको निर्माण तथा जातीय पुनरुत्थानमा लाग्न सबैलाई आह्वान गरेका हुन् ।

उनले चिनियाँ शैलीको आधुनिकीकर मार्फत शक्तिशाली देशको निर्माण तथा जातीय पुनरुत्थानका लागि महत्त्वपूर्ण समय भएको उल्लेख गर्दै यसका लागि जनताको बहादुरीलाई आफ्नो नमुना बनाउनुपर्ने बताए । उनले एकीकृत रूपमा मेहनत गरी विशाल शक्तिको विकासका लागि लाग्नुपर्नेमा जोड दिए । 

उनले चिनियाँ जनता र विश्वका विभिन्न देशका जनतासित हातमा हात मिलाएर विश्व शान्ति, संयुक्त विकास, मानवजातिको भाग्य र उज्ज्वल भविष्य निर्माणका लागि चीन इच्छुक रहेको औँल्याए ।
 

प्रतिक्रिया