विपद व्यवस्थापन कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । अविरल वर्षाले भएको जनधनको क्षतिबारे छलफल गर्न विपद व्यवस्थापन कार्यकारिणी समितिको बैठक आज बस्दैछ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा  बैठक बस्न लागेको हो ।

असोज ११ र १२ गते बाढी, पहिरो र डुबानका कारण भएको क्षतिबारे छलफल गरी खोज, उद्धार, राहत र पुनर्निर्माणबारे निर्णय गर्न बैठक बोलाइएको हो । बैठकमा मृतकका परिवारलाई राहत, घाइतेको उपचार, घर क्षति भएकालाई घर बनाउनका लागि रकम वितरण बाटोघाटो, पुल, पुलेसा पुनर्निर्माण लगायतका निर्णय गर्ने तयारी छ ।

पहिरोका कारण राजधानी काठमाडौंको लाइफलाइन नै बन्द भएको छ । साथै प्रभावित क्षेत्रमा आउनसक्ने स्वास्थ्य महामारी रोक्नका लागि आवश्यक काम गर्न स्वास्थ्य मन्त्रालयमार्फत स्वास्थ्यकर्मी परिचालन गर्ने, स्वच्छ पिउने पानीको व्यवस्थापन पर्ने लगायतका निर्णय गर्ने तयारी सरकारको छ । 
 

प्रतिक्रिया