झ्याप्ले खोलामा खसेको पहिराे ४८ घण्टापछि हटाईयो, रोकिएका गाडीलाई पालैसँग काठमाडौंतर्फ पठाउन शुरु

काठमाडौं । नागढुङ्गा–नौबिसे सडकखण्डमा पर्ने झ्याप्ले खोलामा खसेको पहिरो ४८ घण्टापछि हटाइएको छ ।

पहिरो हटेपछि सडक एकतर्फी खुलेको र त्यहाँ रोकिएका गाडीलाई पालैसँग काठमाडौंतर्फ पठाउन थालिएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण सडकमै रोकिएका गाडीको लामो लाइन भएकाले पहिले ती गाडीलाई गन्तव्यतर्फ पठाएपछि मात्रै अरू गाडी नियमित रूपमा सञ्चालनमा आउने ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौंबाट छुट्ने र काठमाण्डौतर्फ गुड्ने अरू गाडी अहिले चल्न नपाउने ट्राफिक प्रहरीको भनाइ छ । पहिरो हटाए पनि लेदो माटोका कारण गाडी सञ्चालन हुन कठिनाइ भइरहेको छ । प्रहरी, सशस्त्र,सेना, स्थानीयबासिन्दा, यात्रु लगायतको पहलमा अवरुद्ध सडक खुलाइएको हो । शनिबार त्यहाँ तीनवटा गाडी पहिरोमा पुरिदा ३५ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया