बाढी पहिरो र डुबानमा परेकालाई उद्धार, राहत र पुनःस्थापनका लागि मन्त्री सुडीद्वारा आग्रह

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले बाढीपहिरो र डुबानमा परेकालाई तत्काल उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउन गैरसरकारी सङ्घसंस्थाहरुलाई आग्रह गरेका छन् । 

समाज कल्याण परिषद्का अध्यक्षसमेत  रहेका सुडीले अविरल वर्षासँगै आएको बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षतिको उद्धार तथा राहतमा जुट्न गैरसरकारी संस्थाहरुलाई आग्रह गरेका छन् । 

मन्त्री सुडीले आइतबार आकस्मिक बैठक आयोजना गरी मुलुकमा पछिल्लो केही दिनयता अकल्पनीय विपद्को सामना गर्नुपरेको बताए  । विगतमा बाढी नआउने क्षेत्रमासमेत बाढीपहिरोको समस्या देखिएकाले उनले यसपटक काठमाडौंले ठूलो बाढीको सामना गर्नुपरेको बताए । 

जिल्लामा विपद व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासनलाई दिइएकाले उनीहरूमार्फत दोहारो नपर्ने गरी योगदान गर्न उनले निर्देशन दिए । 
 

प्रतिक्रिया