मौसममा सुधार आएसँगै बाढीको स्थितिमा सुधार

काठमाडौं । देशभर मौसममा सुधार आएसँगै विभिन्न नदीमा बाढीको स्थितिमा पनि सुधार आएको छ । 

जल तथा मौसम विज्ञान विभागले शनिबार साँझदेखि भारी वर्षा रोकिएसँगै बाढीको स्थितिमा पनि सुधार आएको जानकारी दिएको छ । 

विभागका बाढी विद् विनोद पराजुलीले सबै नदीहरुमा बाढी सहज अवस्थामा आउने क्रममा रहेको जानकारी गराउँदै अब तत्कालका लागि थप बाढीको जोखिम नरहने जानकारी दिए । 

    

प्रतिक्रिया