बाढी पहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु, ३० जना बेपत्ता

काठमाडौं ।  अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् । 

प्राकृतिक विपदमा  एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए । बाढी पहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद प्रभावितको उद्धार गरिएको उनले जानकारी दिए । 

बाढी पहिरो प्रभावितलाई खाद्यान्न लगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ । सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताए । 

प्रतिक्रिया