मनसुनीको वायुको प्रभाव कायमै: यी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ ।  हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। 

महाशाखाका अनुसार सोमबार दिउसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक/ दुई स्थानमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै राती कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी  प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया