सकुशल उद्धार गर्ने चणिकलाल तामाङलाई सम्मान

काठमाडौं । ललितपुर महानगरपालिका–१३ नख्खुखोलामा शनिबार बाढीले बगाएका २ व्यक्तिहरुको सकुशल उद्धार गर्ने चणिकलाल तामाङलाई महालक्ष्मी विकास बैंकले सम्मान गरेको छ ।

काभ्रे जिल्ला तेमाल गाँउपालिका–९ घर भएका ३३ वर्षीय तामाङलाई उच्च जोखिमका बावजुद पनि २ जनाको सकुशल उद्धार गरेको भन्दै बैंकले सम्मान गरेको हो ।

तामाङले अदम्य साहस, अठोट र तत्परताले राजु शाह र उनको परिवारको सदस्यको सफल उद्धार गरेका थिए । आइतबार बैंकको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा तामङ्गलाई १ लाख नगद सहित सम्मान गरेको हो ।

प्रतिक्रिया