आफुखुसी हवाई भाडा नियन्त्रणका लागि भन्दै संसदीय समितिले पठायो सरकारलाई पत्र

काठमाडौ। प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिले प्राकृतिक विपतको मौका छोपेर हवाई भाडा आफूखुसी नबढाउन निर्देशन दिएको छ ।
निरन्तरको वर्षापछि मुलुकका विभिन्न जिल्लालाई राजधानीसँग जोड्ने राजमार्ग र सहायक सडक अवरुद्ध भएको मौका छोपेर विमान सेवा कम्पनीहरूले आफूखुसी हवाइ भाडा वृद्धि गरेकोलाई नियन्त्रण गर्न  समितिले सरकारलाई निर्देशन दिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र लेख्दै समितिले पर्यटनमन्त्रालयलाई निर्देशन दिन अनुरोध गरेको हो ।
दशैँको मुखमा विपद्ले जनमानसमा त्रास भइरहेको साथै सडक यातायात अवरुद्ध हुँदा आवतजावतमा समस्या परिरहेको बेला वैकल्पिक साधन हवाई यातायातमा समेत एयरलाइन्सहरूले मनलाग्दी भाडा बढाएकाले नियन्त्रण गर्न भन्दै समितिले पत्र पठाएको हो । 

प्रतिक्रिया