विजयादशमीको ‘अन्तर्राष्ट्रिय टिका साइत’ सार्वजनिक, नेपालमा २६ गते बिहान ११:३६ मा

काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ। समितिले नेपाल लगायत पन्ध्र वटा देशको टिकाको साइत सर्बजनिक गरेको छ। समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल लगायत विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि भन्दै टीकाको साइत सार्वजनिक गरेको हो । समितिका अनुसार नेपालमा विजयादशमीको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ।

त्यस्तै  अमेरिकाको न्युयोर्कमा अक्टोबर १२ (समय: १०ः०१), अस्ट्रेलियाको सिड्नीमा अक्टोबर १३ (समय: ११ः२१), मेलबर्न (समय: ११ः२७), बेलायतको लण्डनमा अक्टोबर १२ (समय: १०ः२१), कतारमा अक्टोबर १२ (समय: ११ः०५), भारतमा अक्टोबर १२ (समय: ११ः४२) बजेका लागि उत्तम साइत रहेको समितिले जनाएको छ। 

प्रतिक्रिया