कोशीमा पानीको बहाव घट्दै

सप्तरी ।  कोशीमा पानीको बहाव घट्न थालेको छ । कोसी ब्यारेज नियन्त्रण कक्षले बल्ल पानीको बहाव घट्न लागेको जनाएको हो ।

करिब छ लाख ६१ हजार क्युसेक बहाव पुगेको पानीको गति आज बिहानदेखि कम भएर छ लाख ४३ हजार रहे पनि अहिले खतरा भन्ने उच्च नै रहेको छ ।

ब्यारेज पुलबाट आवतजावत अहिले पनि बन्द नै छ । शनिबार राति कोशी ब्यारेज भएर पानीको बहाव अत्यधिक बढेपछि पुलमाथिबाट पानी बगेको थियो । बाढीको बहाव उच्च भएपछि  कोशीमा सवारीसाधनको आवतजावत पूर्ण रुपमा बन्द गरेको छ ।

कोशी ब्यारेजमा पानीको बहाव बढेपछि शनिबार ब्यारेजको सुनसरीतर्फ नहरका दुई र सप्तरीतर्फ नहरका दुई गरेर ५६ वटै ढोका खोलिएको थियो । 

प्रतिक्रिया