अपडेट : झ्याप्लेखोलामा ३५ यात्रुको शव भेटियो(तस्बिरहरु)

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेखोलामा ३ वटा गाडी पुरिँदा अहिलेसम्म ३५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

प्रहरीका अनुसार उक्त पहिरो एउटा बस र दुइटा माइक्रोबस पुरिएको अवस्थामा भेटिएका छन् । पहिरोमा अन्य गाडीहरू पनि पुरिएको आशंकामा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।  पहिरोमा गोरखाबाट काठमाडौं आउँदै गरेको ना ४ ख २२७० नम्बरको यात्रुवाहक बस, चितवनबाट काठमाडौं आउँदै गरेको बा ३ ज १३४५ नम्बरको माइक्रो बस पहिरोमा, त्यसैगरी बुटवलबाट काठमाडौं आइरहेको लु १ ज ४५७८ नम्बरको माइक्रोबस पुरिएको अबस्थामा भेटिएको हो ।

ती तीनवटा गाडीबाट ३५ जनाको शव निकालिएको  हो । ती तीनवटा सवारी साधनमा कतिजना यात्रुहरु सवार थिए भन्ने कुराको खोजी भइरहेको पनि प्रहरीले जनाएको छ । सुरक्षाकर्मी बस तथा शव उत्खनन कार्यमा लागिरहेका छन् । झ्याप्ले खोला पहिरोमा ज्यान गुमाएकाहरूको आफन्त पनि घटनास्थलमा पुगेका छन् । उनीहरुले प्रहरीसँग आफन्तकाबारे जानकारी गराएका छन् ।  

प्रतिक्रिया