कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकका १५ निर्णय सहित

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५ बुँदे निर्णय गरेको छ ।  

आइतबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले १५ बुँदामा विभिन्न निर्णयहरू गरेको हो ।

बैठकले बाढी पहिरो तथा डुबानमा परेका जनताको उद्धार तथा राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । उक्त बैठकमा कार्यवाहक प्रधानमन्त्री प्रकाश मान सिंह र गृहमन्त्री रमेश लेखकले विपदमा सरकारले गरेका काम तथा प्रयासबारे ब्रिफिङ गरेका थिए।

गृहमन्त्री लेखकले सीमित स्रोत र साधनका बीच विपदमा काम गर्नुपरेको बताएका थिए। कांग्रेसले सम्पूर्ण नेता तथा कार्यकर्तालाई बाढीपहिरो पीडितको उद्धार र राहतमा सक्रिय रहन पनि निर्देशन दिएको छ। 

प्रतिक्रिया