सिंहदरबारमा सर्वदलीय बैठक जारी

काठमाडौं । सिंहदरबारमा सर्वदलीय बैठक बसेको छ। सरकारको आह्वानमा आइतबार दिउँसो सिंहदरबारमा सर्वदलीय बैठक बसेको हो।

निरन्तर वर्षापछिको बाढी, पहिरो र डुबानका विषयमा छलफल गर्नका लागि सरकारले सर्वदलीय बैठक बोलाएको थियो । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।

आइतबार दिउँसो आह्वान गरिएको बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, एकीकृत समाजवादीलगायत राजनीतिक दलका प्रतिनिधि सहभागी छन् ।

कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा बसिरहेको बैठकमा अविरल वर्षापछिको बाढीपहिरोबाट प्रभावितको उद्धार, जनधनको क्षति र प्रभावितलाई राहत उपलब्ध गराउने लगायतका विषयमा छलफल हुने बताइएको छ ।
 

प्रतिक्रिया