सरकारले सबै सामर्थ्यका साथ परिस्थितिको सामना गर्छ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै सरकारले सबै सामर्थ्यका साथ उत्पन्न विषम् परिस्थितिको सामना गर्ने बताएका छन् । 

चीन भ्रमण पूरा गरी आइतबार दिउसो स्वदेश फर्केका उनले समस्या समाधानका लागि सबैलाई आफ्नो ठाउँ बाट सहयोग गर्न र धैर्य रहन सबैलाई आग्रह गरेका छन् । उनी विमानस्थलमा ओर्लिए पछि सिधै मन्त्रालय पुगी छलफलमा जुटेका थिए । 

अर्थ मन्त्री पौडेल चीनका उपप्रधानमन्त्री हि लिफेङको निमन्त्रणामा यही असोज ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए । 
रासस

प्रतिक्रिया