सुनको मूल्य अहिले सम्मकै उच्च

प्रति तोला एक लाख ते¥ह हजार छ सयमा कारोबार

बिहीबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । आज नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च अर्थात् प्रतितोला एक लाख १३ हजार छ सय रुपियाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले हिजोको तुलनामा आज सुनको मूल्य प्रतितोला पाँच सय रुपियाँले बढेको जनाएको छ । योसँगै आज सुनको मूल्यले डेढ महिनाअघिको उच्च रेकर्ड तोडेको छ । यसअघि गत जेठ १८ गते प्रतितोला एक लाख १३ हजार तीन सय रुपियाँको उच्च मूल्य कायम भएको थियो । महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि असर परेको जनाएको छ ।
यसैगरी, नेपाली बजार तीन दिनदेखि निरन्तर चाँदीको मूल्य वृद्धि भइरहेको छ । मङ्गलबार प्रतितोल १ हजार ४ सय ८० रुपियाँमा कारोबार भएको चाँदी बुधबार १ सय ४ सय ९० रुपियाँ पुगेको थियो । त्यस्तै, आज चाँदी प्रतितोलामा पाँच रुपियाँले बढेर १ हजार ४ सय ९५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सरकारले हालै ल्याएको बजेटमा सुनको भन्सार दर बढाइएकाले नेपाली बजारमा सुनको मूल्य उच्च दरले बढेको हो । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ हजार ८४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया