बाढी पहिरोले पुर्‍याएको क्षति प्रति पूर्वराजा ज्ञानेन्द्र शाह द्वारा दुःख व्यक्त

काठमाडौं । देशभर बाढी पहिरोले पुर्‍याएको क्षति प्रति पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन् ।

आज एक विज्ञप्ती प्रकाशित गर्दैै उनले पीडितलाई राहत, उद्धार र उपचारका साथै  प्रयाप्त सहयोग, सुब्यवस्था पुर्‍याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।  हिमाल, पहाड र तराइ  सबै क्षेत्रमा नेपालीको जीवन गुमेको, घाईते हुनु परेको, आफ्नो घर, गोठ तथा जायजेथा गुमाउनु परेको सुन्नु पर्दा पीडाबोध भएको विज्ञप्तीमा उल्लेख छ । 

भारी वर्षा हुन सक्छ भन्ने मौसमी पूर्व सूचना हँुदा हुँदै त्यसमा अग्रिम तत्परता तथा पूर्व प्रतिकार्य नभएर यत्रो विधि मानवीय र भौतिक क्षति हुनु दुःखद भएको पूर्व राजाको भनाइ छ ।  नेपालमा बाढी, डुवान र भू–क्षयको जोखिम हरेक बर्ष हुने प्रकृया भएपनि रोकथाम र सजगताको निम्ति समय मै पर्याप्त व्यवस्थामा ध्यान दिन सके क्षति न्यूनिकरणमा योगदान पुग्ने पूर्वराजाको भनाइ छ । 

दशैं तिहार जस्ता हाम्रा महत्वपूर्ण पर्वहरु निकट आइरहेको यो समयमा आवागमनका धेरै राजमार्ग र सडक संजालहरु अवरुद्ध हुन गएको र त्यस बाट जन जीवनमा असुविधा पुग्न गएको प्रति पनि पूर्व राजाले चासो प्रकट गरेक छन । उनले मृतक परिवारलाई उचित राहत, वेपत्ताहरुको खोजी तथा घाइतेहरुको सिघ्र उपचार हुनु पर्ने धारणा राख्दै अस्तब्यस्त जनजीवनलाई सुधार गर्ने तर्फ राज्यको तदारुक प्रयत्न हुनुपर्नेमा जोड दिएका छन् । 

बस्ति, ब्यवस्था र विकास गतिविधिले विपत्ति र विनास निम्ताएको तर्फ गर्दै उनले सबैको ध्यानाकर्षण समेत गराएका छन् । 

प्रतिक्रिया