रौतहटमा बागमती र लाल बकैया नदी बस्तीमा छिर्दा बिभिन्न स्थान डुवानमा

गौतम श्रेष्ठ 

रौतहट । अविरल वर्षाका कारण आएको बाढीले रौतहट जनजीवन प्रभावित भएको छ ।
रौतहटका दुई ठुला नदिहरु लाल बकैया र बागमती नदीमा आएको बाढीले रौतहटका बिभिन्न बाह्वटा गाउँ डुबानमा परेका छन् ।

बाढीको पानी शनिवार राति गौर पसेपछी स्थानीयहरु प्रभावित भएका छन् । गौरमा  रहेको बाढीले सशस्त्र प्रहरीको बिओपी र नेपाल प्रहरीको भन्सार सुरक्षा गार्ड चौकी डुबानमा परेको छ । बागमती नदीमा आएको बाढीले रौतहटको राजदेवी, गढिमाइ र माधवनारायण नगरपालिकामा गरिएको तटबन्ध कटान गरेको छ । बागमतीको पानीले तीन पालिकाका ५ स्थानमा बाधमा क्षति पुर्याएको छ । यसैगरी लालबकैया नदीमा आएको बाढीले इशनाथ, मौलापुर, कटहरिया र राजपुर नगरपालिकाको बस्तिहरु डुबानमा परेको छन् ।

हाल सम्म बाढीले कुनै मानवीय क्षति नगरे पनि पशुचौपाया र भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटका उपरीक्षक दिलिप घिमिरेले बताए ।“बाढीका कारण हालसम्म १ हजार २ सय ४५ घर डुबानमा परेको छ ।“ उपरीक्षक घिमिरेले भने “बाढीको पानीले ४ वटा घर भत्किएको छ भने जिल्लाका सात स्थानहरुमा बाटो अवरुद्ध भएको छ ।“

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले बाढीमा फसेका ४० भन्दा बढी व्यक्तिको उद्धार गरेको छ । गौर, बेलबिछवा, बसतपुर, बन्जरहा, मत्सरी लगायतका स्थानमा रहेको प्रहरीको इकाइमा पनि बाढी पसेको छ ।
 

प्रतिक्रिया