झ्याप्ले खोला पहिरो: चितवनबाट आएको माइक्रोबसमा भेटियो ७ जनाको शव(भिडियो सहित)

काठमाडौ। चितवनबाट काठमाडौं आइरहेको अर्को माइक्रोबस (हायस) पनि झ्याप्ले खोलामा पुरिएको भेटिएको छ। बा ३ ज १३४५ नम्बरको हायस चितवनबाट आउँदै गर्दा झ्याप्ले खोलामा पुरिएको हो। उक्त हायसबाट  ७ जनाको शव निकालिएको छ। गाडीबाट २ महिला र ५ जना पुरुषको शव निकालिएको हो।

हाल सम्म झ्याप्लेखोलाबाट निकालिएको शवहरुको संख्या ३० पुगेको छ। यसअघि शनिवार राति १४ वटा शव निकालिएको थियो। आइतवार विभिन्न गाडीमा गरि थप १६ जनाको शव निकालिएको हो। 

प्रतिक्रिया