सुनको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आइतबार सुनको मूल्य प्रतितोला छ सयले घटेको छ । लगातार उकालो लाग्दै आएको सुनको मूल्यमा आइतबार सामान्य गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ६१ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आइतबारका लागि भने  एक लाख ६० हजार छ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा १० ले घटेको छ । शुक्रबार प्रतितोला  एक हजार नौ सय ५५ मा कारोबार भएको चाँदी आइतबारका लागि भने  एक हजार नौ सय ४५ निर्धारण भएको छ ।
रासस 

प्रतिक्रिया