गोरखाको लापुबेंसी बाट छुटेको बस झ्याप्लेखोला पहिरोमा भेटियो, १० जनाको शव फेला(भिडियो सहित)

काठमाडौं । गोरखाको लापुबेसि बाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस पहिरोले पुरिएको अवस्थामा फेला परेको छ । 

यात्रुबाहक बस पृथ्वी राजमार्गको झ्याप्लेखोला पहिरो भित्र भेटिएको यातायात व्यवसायीहरुले बताएका छन् । शुक्रबार बिहान ७ बजे गोरखाको लापुबेसि बाट काठमाडौंका लागि छुटेको ना ४ ख २२७० नम्बरको बस दुई दिनदेखि सम्पर्क विहिन भएको थियो । 

बसमा बसका धनी तथा चालक भिमसेन थापा गाउँपालिका ४ धावाका मदन परियार र चालक दलकै फुजेलका नवराज तिवारी र धावाकै विनय भट्टराई थिए । साथै धार्चेका एकजना यात्रु सुक गुरुङ रहेका थिए । बसमा १० वटा शव भेटिएका छन् । 

सोही स्थानमा शनिबर १४ वटा शव निकालिएको थियो । लु १ ज ४५७८ नम्बरको माइक्रो बाट ५ र अर्को नम्बर खुलिनसकेको बस बाट ९ वटा शव निकालिएको थानकोट प्रहरीले जनाएको छ । भीषण पहिरोका कारण जाममा रहेका गाडीहरू पुरिएका थिए । 

कति गाडी पुरिए भन्ने नै यकिन नभएकाले ठूलो मानवीय क्षति भएको अनुमान गरिएको छ । घटना स्थलमा अरु गाडीहरू पनि पुरिएको अनुमानमा खोजी जारी राखिएको छ ।
 

प्रतिक्रिया