उदयपुरमा खोलाले बगाउँदा युवतीको मृत्यु

उदयपुर ।  जिल्लाको रौतामाई गाउँपालिका–१ भएर बग्ने ओडारे खोलाको बाढीमा परी १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ ।
 
जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीका अनुसार तामाङको खेतमा काम गरेर घर फर्कने क्रममा ओडारे खोलाले बगाउँदा शनिबार मृत्यु भएको हो । 

हिसिला साँझ अबेर सम्म खेत बाट घर नफर्के पछि निजका परिवार आफन्तले खोजीका क्रममा खोला किनारमा उनको शव  फेला पारेका थिए । 
रासस 

प्रतिक्रिया