एमाले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बस्दै

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले केन्द्रीय कार्यालयको आकस्मिक बैठक बोलाएको छ । 

पार्टी महासचिव शङ्कर पोखरेलले बैठक बोलाएका बैठकमा पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागका सदस्य पनि सहभागी हुने केन्द्रीय कार्यालयका सचिव  भीष्म अधिकारीले बताए । 

बैठकमा जलजन्य विपद्का कारण देशका केही भागमा उत्पन्न विषम परिस्थितिमा उद्धार तथा राहतका गतिविधिमा पार्टी कार्यकर्ता परिचालन तथा बाढीपहिरो पीडितलाई आर्थिक सहयोग गर्नेलगायत विषयमा छलफल हुने जनाइएको छ । 

बैठक ललितपुरको च्यासल स्थित पार्टी कार्यालयमा हुने जानकारी अधिकारीले दिए । 
रासस 

प्रतिक्रिया