मौसम अनुकूल भए सँगै हवाई सेवा सञ्चालन

सुर्खेत विमानस्थल बाहेक सबै विमानस्थल बाट उडान

काठमाडौं । मौसम अनुकूल भए सँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठ वट विमानस्थल बाट हवाई सेवा सञ्चालन भएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आइतबार राति १० बजे सम्म ‘इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स’ (आइएफआर) प्रणालीमा उडान अनुमति दिइएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । प्रतिकूल मौसमका कारण शुक्रबार र शनिबार चार सय भन्दा बढी उडान रद्द भएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट दैनिक एक सय ५० देखि एक सय ६० उडान हुने गरेका छन् । सुर्खेत विमानस्थल बाहेक सबै विमानस्थल बाट उडान भइरहेको छ । 

यसअघि प्राधिकरणले प्रतिकूल मौसमका कारण शुक्रबार साँझ ७ बजे देखि शनिबार दिउँसो सम्म सबै आन्तरिक उडान स्थगन गरेको थियो । 
रासस 

प्रतिक्रिया