गोरखा बाट काठमाडौंका लागि छुटेको बस झ्याप्ले खोलामा पुरिएको आशङ्का

काठमाडौं । गत शुक्रबार बिहान गोरखाको लापुबेसी बाट काठमाडौंका लागि छुटेको यात्रु बस धादिङको झ्याप्ले खोलामा पुरिएको आशंका गरिएको छ ।

नवदुर्गा यातायात लेखिएको ना४ख २२७० नम्बरको उक्त बसका चालक सँग शुक्रबार राति १० बजे सम्म खानीखोलामा सम्पर्क भएपनि त्यस पछि भने सम्पर्कविहीन भएको दरौँदी यातायातले जनाएको छ ।

यसअघि दरौँदी यातायात प्रालिले हराइरहेको बसको खोजीकार्यमा सहयोग गरिदिन सबैमा आग्रह गरेको थियो । 

प्रहरीले शनिबार धादिङको झ्याप्ले खोलामा पुरिएका दुई सवारी साधन बाट १४ जना व्यक्तिको शव निकाल्ने क्रममा अर्को पनि बस देखिएकाले सो बस दरौँदी यातायात प्रालिको हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया