कञ्चनपुरमा हात्तीको आक्रमणमा किसानको मृत्यु

कञ्चनपुर । हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको मृत्यु भएको छ । 

गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेका हुन् । किसान रानाको घटनास्थलमा नै मृत्यु भएको अध्यक्ष रानालेबताए । 

हात्ती धपाउन गएको समयमा हात्तीले आक्रमण गरेको हो । घटना स्थल तर्फ प्रहरी गइसकेका जानकारी  रानाले दिएका छन् । 
रासस 

प्रतिक्रिया