अत्यावश्यक खाद्यान्न अभाव नहुने, तरकारी बजारमा क्षति

काठमाडौं । अविरल वर्षाका कारण उपत्यका सँगै बाहिरी जिल्लामा सडक तथा यतायातमा क्षति पुर्‍याएको खबरहरू आइरहेका बेला त्यसले खाद्यान्न आपूर्तिमा कुनै असर नपर्ने जनाइएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय ले बजारमा पर्याप्त मात्रामा खाद्यान्नको मौज्दात रहेकाले तत्काल अत्यावश्यक वस्तुको अभाव नहुने बताएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सँग हाल आठ हजार मेट्रिक टन चामल मौज्दात रहेको छ । अविरल वर्षाको कारणले खाद्यान्न अभाव नहुने बताइएको छ । 

बाढी पहिरोको मौका छोपेर व्यवसायीले बजारमा कृत्रिम अभाव सिर्जना गर्न सक्ने भएकाले सरकारमा त्यसमा सचेत रहनु पर्ने उपभोक्ता अधिकारकर्मीको भनाइ छ । वर्षाका कारणले उपत्यकाका विभिन्न ठाउँमा रहेका खाद्यान्नका गोदाम डुबानमा परेका छन् । 

व्यवसायीका अनुसार खाद्यान्नको गोदाम रहने बल्खु, कुलेश्वर, सानेपा, भक्तपुरको ठिमीमा रहेका गोदाम डुबानमा परेका छनु । खाद्यान्न सँगै तरकारी तथा फलफूलमा समेत ठुलो क्षति भएको व्यवसायीको भनाइ छ ।  दशैं लक्षित राखिएका खाद्यान्नका गोदाममा डुबानमा छन् । 

बल्खु तरकारी बजारमा बाढीले ठुलो क्षति पुर्‍याएकोे छ । तरकारी बजार भित्र दोस्रो तला सम्म पानी परेकाले तरकारी सँगै खाद्यान्न नष्ट भएको बल्खु तरकारी बजार सञ्चालकको भनाइ छ । जडीबुटी तरकारी बजारमा पनि क्षति पुगेको छ । 
 

प्रतिक्रिया