इजरायलको आक्रमणमा हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहको मृत्यु

एजेन्सी । इजरायलले लेबनानमा गरेको आक्रमणमा हिजबुल्लाहका प्रमुख हसन नसरल्लाह मारिएका छन् । 

आक्रमणमा  हिजबुल्लाहका अन्य वरिष्ठ नेताहरू पनि मारिएको इजरायली सेनाले दाबी गरेको छ । 

इजरायली सेना आईडीएफले लेबनानको राजधानी बेरुतस्थित  हिजबुल्लाहको मुख्यालयमा गरेको आक्रमणमा नसरल्लाह मारिएका हुन् । 

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार मारिनेमा हिजबुल्लाह कमाण्डर मोहम्मद अलि इस्मेल र उनका सहयोगी हुसेन अहमन इसमेल पनि रहेको आईडीएफले जनाएको छ ।  हिजबुल्लाहले आफ्ना नेता नसरल्लाह मारिएको पुष्टि गर्दै त्यसको बदला लिने चेतावनी दिएको छ ।

नसरल्लाह सन् १९८२ मा  हिजबुल्लाहमा आबद्ध भएका थिए । १९९२ मा मुसावीको हत्यापछि उनी  हिजबुल्लाह प्रमुख बनेका थिए ।
 

प्रतिक्रिया