निर्देशक भट्टराईको चलचित्र ‘झिल्को’को फस्ट लुक सार्वजनिक

काठमाडौं । निर्देशक यादवकुमार भट्टराईको निर्देशनमा बनेको चलचित्र ‘झिल्को’को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ । 


आगामी पुस ५ गतेदेखि सार्वजानिक प्रदर्शनमा आउने भएको उक्त चलचित्रको  फस्ट लुक पोस्टर सार्वजनिक गरिएको हो । 

चलचित्रको पहिलो पोस्टर सार्वजनिक गर्दै निर्देशक भट्टराईले सामाजिक विषयवस्तुमा तयार गरिएको उक्त चलचित्रलाई दर्शकले साथ दिने विश्वास व्यक्त गरेका छन् । चलचित्रको पोस्टरमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकाल देखिएका छन् । 

मोबाइल दुव्र्यसनका कारण बालबालिकामा देखिने समस्या तथा त्यसले परिवार र समाजलाई पार्ने प्रभाव बारेका विषयमा चलचित्र निर्माण गरिएको हो । चलचित्र ‘झिल्को’का कार्यकारी निर्माता उमेश पौडेल, निर्माता सुशिला आचार्य र निर्माण सहायक रामगोपाल थापा रहेका छन् । 

भक्तपुर, काठमाडौं र ललितपुरका विभिन्न स्थानमा छायाङ्कन गरिएको चलचित्र झिल्कोमा सामाजिक पारिवारिक विषय वस्तुको कथा रहेको निर्माण टोलीले जानकारी दिएको छ । 

चलचित्र झिल्कोको छायाङ्कन गत वर्ष चैत देखि थालिएको थियो । यसअघि सती प्रथाको कथामा चलचित्र ‘झोला’ निर्माण गरेका भट्टराईले झोला पछि  दाइजो विरोधी चलचित्र ‘भोर’ निर्माण गरेका थियो । 

झिल्कोको पटकथा तथा संवाद निर्देशक भट्टराई सहित अरुणदेव जोशी र देवव्रतले तयार पारेका हुन् । चलचित्रमा दीपक बज्राचार्यको छायाङ्कन, सम्पादन निमेश श्रेष्ठ, गीत आनन्द अधिकारी, सङ्गीत चण्डीप्रसाद काफ्ले र दिपक शर्मा, गायन शिव परियार र निशा देशार, मुख्य सहायक निर्देशन आकाश उखेडा, निर्माण नियन्त्रक दिलिप पन्त, सहायक निर्देशन अनिश बुढाथोकी, सह सम्पादन नारायण गैरे, मुख्य सहायक छायाङ्कन विवेक लामाको रहेको छ । 
 

प्रतिक्रिया